Logo

Breaking News 1

राप्रपा कार्यालय तत्काल नभत्काउन आदेश



काठमाडाैं । उच्च अदालत पाटनले धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय तत्काल नभत्काउन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश जारी गरेको हो ।

घर भत्काउनेबारे एकजना जग्गाधनीलाई मात्र जानकारी गराएको भन्दै तत्कालाई नभत्काउन अन्तरिम आदेश भएको हो । दुवै पक्षलाई झिकाएर छिटो फैसलाका लागि अग्राधिकार दिने पनि आदेश भएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ७ : ०३ बजे