Logo

मुख्य समाचार

इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क फिर्ता



काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क फिर्ता हुने भएको छ । विद्यार्थीहरुले आमरण अनशन लगाएतका विरोधका कार्यक्रमहरुलाई निरन्तरता दिएपछि स्नातक तहमा गरेको शुल्क वृद्धि फिर्ता हुने भएको हो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसहितका पदाधिकारीले विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँग बुधबार पाँच बुँदे सहमति गरेका छन् ।

जसमा इन्जिनियरिङ शिक्षामा भएको शुल्कवृद्धि फिर्ता लिन इन्जिनियरिङ अध्ययन संस्थानलाई निर्देशन दिने, विद्यार्थीका प्रतिनिधिसहित गठन हुने समितिले सात दिनभित्र नयाँ शुल्क तोक्ने सहमति पनि भएको छ ।

हाल स्थगित भएको प्रवेश परीक्षा लगायतका कार्यक्रम सञ्चालन गर्ने र आमरण अनशन लगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने पनि सहमति पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  १० : ०३ बजे