Logo

मुख्य समाचार

कैलालीमा एक युवक मृत फेला



धनगढी । कैलालीको जमुनानगरका एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–७ जमुनानगरका २२ वर्षीय उत्तम वली आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन् ।

आज १२:१० बजेको समयमा आफ्नै एक तले ४ कोठे घरको आफु सुत्ने कोठामा वली मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

शवलाई पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ७ : ४९ बजे