Logo

धर्म / संस्कृति

आजको राशिफल 



काठमाडाैं । आज मिति २०८० भदौ १३ गते, बुधबार, ३० अगस्ट २०२३। शुद्ध श्रावण शुक्लपक्ष चतुर्दशी तिथि, १०ः१७ बजेपछि पूर्णिमा। धनिष्ठा नक्षत्र। चन्द्रराशि मकर, १०ः४१ बजेपछि कुम्भ।

मेष राशि

बिहान अरूको इच्छाअनुकूल काम गर्नुपर्ने देखिन्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। किनमेलमा केही रकम खर्च हुनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ।

बृष राशि

आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ। सामाजिक जिम्मेवारी तथा नेतृत्व हातलागी हुनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। काम पूरा नभए पनि दिगो योजना बन्नेछ।

मिथुन राशि

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ।

कर्कट राशि

चिताएको काम बिहानै गर्दा फाइदा हुनेछ। व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ। तर मध्याह्नदेखि हिसाबमा देखिएको लाभांश हातलागी हुन समय लाग्नेछ। वादविवादले प्रेम र मित्रताको बन्धन कमजोर रहला।

सिंह राशि

सम्भावना देखिए पनि प्रतिस्पर्धा बढ्नाले ठूलो उपलब्धि नहुन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। मध्याह्नपछि मिहिनेतको राम्रो फल प्राप्त हुनेछ। आयस्रोत बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ।

कन्या राशि

विशेष काम बिहानै गर्नु फाइदाजनक हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मध्याह्नदेखि सामान्य प्रतिस्पर्धामा अलमलिनुपर्ला।

तुला राशि

बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

बृश्चिक राशि

अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। तापनि लगनशीलताले आंशिक उपलब्धि दिलाउनेछ। मध्याह्नपछि भने चुनौती पन्छाएर काम बनाउन सकिनेछ।

धनु राशि

महत्त्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ। आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ। बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ। मध्याह्नदेखि आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्।

मकर राशि

प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। मध्याह्नदेखि नयाँ काम प्रारम्भ हुनेछ।

कुम्भ राशि

अरूको करकापमा काम गर्नुपरे पनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। कर्जामार्फत खर्च जुटाउन सकिनेछ। काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। मध्याह्नदेखि सहयोगीहरूले साथ दिनेछन् ।

मीन राशि

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मध्याह्नदेखि खर्चिलो काम प्रारम्भ हुनेछ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ५ : ४४ बजे