Logo

मुख्य समाचार

बडीमालिकाबाट उद्धार गरिएका पुरुषको मृत्यु



बाजुरा । बाजुराको बडीमालिकाबाट उद्धार गरिएका पुरुषको मृत्यु भएको छ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शन गर्नगएका कालिकोटको पलाताँ गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपानेको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मंगलबार ३:२५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

न्यौपाने सोमवार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका थिए । बझाङको जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामी भने जिल्ला अस्पताल बाजुरामा सामान्य उपचारपछि घर फर्किएकी छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ८ : ०५ बजे