Logo

Breaking News 1

‘सरकारले ऊर्जा क्षेत्रमा भएको लगानीको सुरक्षा गर्छ’ : गृहमन्त्री श्रेष्ठ



काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सुरक्षा गर्ने बताएका छन् ।

सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँगको भेटमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको १३ खर्ब लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने बताएका हुन् ।

अहिले सरकारको पहिलो लक्ष्य सुशासनको प्रत्याभूति दिलाउने र सबै तह र तप्काका नागरिकको सुरक्षा गर्ने रहेको मन्त्री श्रेष्ठले बताएका छन त्यस्तै इप्पानले सुशासनको अभियान सुरु गरेकोमा गृहमन्त्रीले धन्यावद समेत दिएका थियो ।

उक्त भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले अहिले ऊर्जाका परियोजना निर्माण गर्दा स्थानीयको अवरोधले काम गर्ने वातावरण नबनेको भन्दै परियोजना स्थलमा सुरक्षा पोस्ट राखिदिन आग्रह गरेका छन। साथै बिस्फोटक पदार्थको सहज आपूर्तिका लागि पनि गृह मन्त्रालयबाट आवश्यक सहजिकरण गरिदिन आग्रह गरेका कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १ : ५१ बजे