Logo

मुख्य समाचार

गौ हत्याको विरोधमा राप्रपाले आज ज्ञापन पत्र बुझाउने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देशैभर ज्ञापन पत्र बुझाउने भएको छ ।

राप्रपाले गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाका लागि देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फतप्रधानमन्त्री र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार देशैभरी दिउँसो प्रमुख जिल्ला अधिकारीमार्फत सो ज्ञापन पत्र बुझाइने छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ७ : २२ बजे