Logo

धर्म / संस्कृति

आजकाे राशिफल



काठमाडाैं । आज मिति २०८० भदौ १२ गते मंगलबार २९ अगस्ट २०२३। शुद्ध श्रावण शुक्लपक्ष त्रयोदशी तिथि, १२ः४२ बजेपछि चतुर्दशी। श्रवण नक्षत्र। चन्द्रराशि मकर।

मेष राशि

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।

बृष राशि

अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन गर्न सकिनेछ।

मिथुन राशि

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।

कर्कट राशि

घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। केही खर्च लागे पजि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ।

सिंह राशि

भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ।

कन्या राशि

तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ।

तुला राशि

आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ।

बृश्चिक राशि

सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ।

धनु राशि

मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ।

मकर राशि

कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

कुम्भ राशि

करकापमा परी काममा जुट्नुपर्ने अवस्था रहनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला।

मीन राशि

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ५ : २६ बजे