Logo

Breaking News 1

असो १ गतेदेखि काठमाडौंको फोहर विसर्जन गर्न नदिने नुवाकोटका स्थानीयको घोषणा



काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहरमैला लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन् ।

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौँ महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले फोहरमैला लैजान बन्द गर्ने र शान्तिपूर्ण आन्दोलन घोषणा गर्ने निर्णय गरेका हुन् ।

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले पत्रकार सम्मेलन गर्दै स्थानीय जनताको जीवन रक्षाको लागि मानवरहित ल्यान्डफिल साइट र फोहरमैला व्यवस्थापन दीर्घकालीन योजना नअपनाएमा असोज १ गतेदेखि सधैँका लागि फोहर विसर्जन बन्द गर्ने चेतावनी दिएको हो ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  १० : ०६ बजे