Logo

Breaking News 1

राज्य व्यवस्था समिति सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित



काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।

उनी निर्विरोध निर्वाचित भएको समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले घोषणा गरेका हुन् । सोमबार बसेको बैठकमा उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

सभापतिमा निर्वाचित भएपछि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने जानकारी दिए ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ४ : ३८ बजे