Logo

मुख्य समाचार

यी नदीमा छ आज बाढीको जोखिम



काठमाडौं । केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेकाले ३३ जिल्ला भएर बहने नदी र खोलामा बाढीको जोखिम रहेको हो ।

इलाम, झापा, पाँचथर, ताप्लेजुङ, पाँचथर, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुर, काभ्रेपलान्चोक, गोरखा, कास्की भएर बहने नदी तथा खोलामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

पर्वत, लमजुङ, बागलुङ, स्याङजा, पाल्पा, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, अछाम, बाजुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भएर नदी र खोलामा बहाव बढ्न सक्ने पूर्वानुमान रहेको महाशाखाको भनाइ छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ९ : ०३ बजे