काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुने कार्यतालिका सार्वजनिक भएको छ ।
तालिकाअनुसार भदौ ३० गते प्रधानमन्त्री दाहाल प्रस्थान गर्ने र असोज १ र २ गते राष्ट्रसंघको कार्यक्रममा सहभागी हुनेछन् । असोज ३ गते प्रधानमन्त्री दाहालले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री दाहाल महासभामा भाग लिएर त्यहाँबाट चीन भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल असोज ५ गतेदेखि ७ असोजसम्म चीन भ्रमणमा रहने र चिनियाँ राष्ट्रपति सी चिनफिङसहितका नेतासँग उच्चस्तरीय भेट गर्ने तयारी छ ।
प्रतिक्रिया