Logo

अर्थ

नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित



काठमाडौं । नबिल बैंकले बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरसिप एकेडेमीले शुक्रबार आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल बैंकर्स एसोसियनका अध्यक्ष सुनील केसीले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ९ : ०० बजे