Logo

मुख्य समाचार

पेस्तोलसहित बूढानीलकण्ठबाट एकजना पक्राउ



काठमाडौं । प्रहरीले बूढानीलकण्ठ–४, पासिकोटबाट एउटा ९ एमएम पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं–७ घर भएका २८ वर्षीय सुलभ भनिने सुरज श्रेष्ठ छन् । उनी गुण्डागर्दी र लागूऔषध कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

श्रेष्ठले पहिले रामेछाप घर भएर बौद्ध बस्ने चुस्पे भनिने सानुभाइ लामालाई धारिलो हतियार प्रहार गरेका थिए । त्यस प्रकरणमा ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएर उनी ५ वर्ष कैद भुक्तान गरेर २०७१ सालमा छुटेकमा थिए । अहिले फेरि उनी हतियारसहित पक्राउ परेका हुन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ८ : २९ बजे