काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेका १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्य तालिका सार्वजनिक भएको छ ।
संघीय संसद सचिवालयले आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।
त्यस्तै सभापतिका लागि दर्ता प्रस्ताव सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत हुने बताइएको छ । प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र त्यसको सूचना सचिवले ४८ घण्टा अगावै प्रकाशन गर्नुपर्ने प्रावधान छ ।
प्रतिक्रिया