Logo

मनोरञ्जन

कलाकार सानु ताम्राकारको निधन



काठमाडौं ।  कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

उनले भने, ‘विगत २४ दिनदेखि उपचाररत रहनुभएका उहाँ हामीमाझ रहनुभएन । उहाँलाई आइतबार बिहान पशुपतिस्थित आर्यघाटमा श्रद्धाञ्जलि दिएर अन्त्येष्टि गर्ने तयारी छ ।’ अध्यक्ष निरौलाले कलाकार ताम्राकारको निधनले सङ्घसँगै आफू पनि मर्माहत भएको बताए ।

‘मेरी मामु’, ‘भुइँ मान्छे’, ‘ग्याम्ब्लर’, ‘पल’लगायतका चलचित्रमा अभिनय गरेका कलाकार ताम्राकारकी श्रीमती रुकमणि ताम्राकार छिन् । ताम्राकारका छोरा सारुक ताम्राकारले गत असार २१ मा आत्महत्या गरेका थिए । छोराले आत्महत्या गरेयता उनी अस्वस्थ थिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ७ : ०३ बजे