Logo

मुख्य समाचार

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले भदौ ७ गतेबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यस बैंकको केन्द्रीय कार्यालय, हात्तिसार, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकित्ता भाउ खुलाई आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

यस संस्थापक सेयरको प्रतिकित्ता भाउ तोकिएको छैन । खरिदकर्ताले नै आफूले किन्न चाहेको कित्ता र भाउ खुलाएर बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  १ : ०० बजे