Logo

Breaking News 1

बारामा बस दुर्घटना, ७ जनाकाे मृत्यु



बारा । बाराको चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना भएकाे छ ।

काठमाडौँबाट भारतको मोतिहारी तर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ख ७९९४ नम्बरको बस सडकबाट दायाँतर्फ करिब १५ मिटर तल खहरेमा खसेको थियो । बसमा २६ जना सवारमध्ये ७ जनाको मृत्यु भएको र अन्य १९ जना घाइते भएको प्रहरी जनाएको छ ।

२ः१० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका-२२ पूर्व पश्चिम राजमार्ग सडक खण्डको चुरियामाई मन्दिर नजिक भएको बस दुर्घटनामा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका सात जनाको सनाखत भएको छ ।

मृत्यु हुनेहरूमा भारत राजस्थान बस्ने वर्ष ६७ का बहादुर सिंह, सोही स्थान बस्ने वर्ष ६० की सत्यवती, वर्ष ७० को राजेन्द्र चतुरबेदी, वर्ष ६५ की श्रीकान्त चतुरबेदी, वर्ष ६७ की बैजन्ती देवी, वर्ष ६५ की मिरा देवी, महोत्तरी लोहारपटी–५ बस्ने वर्ष ४१ को विजय लाल रहेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  १० : ३६ बजे