काठमाडौं । त्रिशूली नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउने आठ जनामध्ये ६ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–३ का थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका–८ का सविन रम्तेल र कास्की फूलबारीका सुमन थापाको सनाखत भएको हो ।
प्रहरीका अनुसार पर्वत जलजला गाउँपालिका–६ की राधिका सापकोटा र पर्वतको मोदी गाउँपालिका–५ का झपटबहादुर क्षेत्रीको समेत सनाखत भएको छ । अन्य दुई मृतकको परिचय खुल्न सकेको छैन । काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस बुधबार बिहान दुर्घटना भएको थियो । बसमा चालक र सहचालक गरी २५ जना सवार थिए ।
प्रतिक्रिया