Logo

Breaking News 1

धादिङ बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार धादिङमा भएको यात्रुवाहक बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ स्थित त्रिशूली नदीमा खस्दा आठजनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले उक्त बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

घाइते यात्रुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सवारी दुर्घटनामा परी ज्यान गुमाउनु हुने मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुमा समवेदना प्रकट गर्दछु । घाइते यात्रुहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अङ्ग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु ।’

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ४ : ४३ बजे