Logo

मुख्य समाचार

भरतपुरमा आज विद्युत सेवा अवरुद्ध हुने



चितवन । भरतपुरका केही स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ । भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तरगत भरतपुरको विकाशचोक देखि सिताराम चोकसम्म विद्युत पोल सार्न लागिएको हुँदा त्यस क्षेत्रमा भोलि दिनभर विद्युत सेवा अवरुद्ध हुन लागेको हो ।

विद्युत दिउँसो १० देखि ५ बजेसम्म अवरुद्ध हुने भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । ११ केभि भृकुटी फिडरको क्यान्सर अस्पतालदेखि दक्षित तर्फ विद्युत सेवा अनियमिता हुने पौडेलले बताए ।

हाकिम चोकदेखि गितानगर क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । सडकको मापदण्डमा पर्ने पोल सार्न लागिएको हो। यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी रहेको उनले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ७ : २२ बजे