Logo

Breaking News 1

सूचना टाँसेर संसद बैठक स्थगित



काठमाडौं । मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर बुधबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको हो । सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न दलहरू सहमत भएसँगै संसद बैठक बस्ने अनुमान गरिएको थियो ।

गत १० साउनदेखि एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठनको माग गरेर सदन अवरुद्ध गर्दै आएको छ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ३ : २१ बजे