काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सि पुलनजिकै खसेको पहिरोले सडक पुर्णरूपमा अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालयका अनुसार सुख्खा पहिरोका कारण दुइतर्फी सडक नै अवरुद्ध बनेको हो । अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय भरतपुरको टोली पहिरो खसेको स्थलमै पुगेको छ ।
तर पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने कार्यमा समस्या भईरहेको कार्यालयले जनाएको छ । डाँडो नै खसेका कारण १२ घण्टाभन्दा बढि समय लाग्ने जनाइएको छ ।
प्रतिक्रिया