Logo

Breaking News 1

भक्तपुरकाे बाल सुधार केन्द्रमा गाेलि चलेकाे आशङ्का, ४० बालबालिका घाइते, एक जनाकाे अवस्था गम्भिर



काठमाडौं । भक्तपुरमा रहेको बाल सुधार केन्द्रबाट करिब एक सय बढी जना बालबालिका भागेका छन् । १८ वर्षभन्दा मुनिका व्यक्तिलाई सजाय तोकिए उक्त सुधार केन्द्रमा राखिन्छ । सानो ठिमीस्थित युसेफको बाल सुधार गृहमा रहेका उनीहरु सोमबार दिउँसो ढोका फोरेर भागेको प्रहरीले जनाएको छ । भित्र करिब तीन सय जनाजति रहेको बताइएको छ । बालबालिका भाग्ने क्रममा गाेलि चलेकाे आशङ्का गरिएकाे छ । साेहि क्रममा ४० बालबालिका घाइते र एक जनाकाे अवस्था गम्भिर रहेकाे स्राेतले जानकारी दिएकाे छ ।

भक्तपुर प्रहरी परिसरका डीएसपी वसन्त पाठकका अनुसार सय बढी भागेको अनुमान गरिएको छ । भागेकामध्ये केहीलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । खोजतलास अहिले पनि जारी रहेको उनले बताए ।

आइतबार सुधार गृहमा एक किशोरको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गरेका थिए । कमल बस्नेतको सुधार गृह भित्रै मृत्यु भएपछि आफन्तले विरोध गरेका हुन् ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ४ : ०८ बजे