काठमाडौं । रुसले युक्रेनको उत्तरी शहर चेर्निहिवमा मिसाइल महला गरेको छ ।
आक्रमणमा परी ६ वर्षका एक बालकसहित ७ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जना बालबालिका रहेका युक्रेनले जनाएको छ ।
मानिसहरु चर्च जान लागेका बेला बाटोमा आक्रमणमा परेकाले धेरै मानिसको घाइते भएको जनाइएको छ । आक्रमणमा मारिएकाहरुको सम्मानमा चेर्निहिव शहरमा ३ दिन शोक मनाइने बताइएको छ ।
प्रतिक्रिया