काठमाडौं । नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै पार्टी र जनसंगठनका कार्यक्रममा जीवित नेतामध्ये पार्टी अध्यक्ष केपी ओलीको मात्रै फोटो मञ्चमा राख्न निर्देशन दिएको छ ।
सार्वजनिक कार्यक्रमहरूमा पार्टी र जनसंगठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटो प्रयोग भएकाले निरूत्साहित गर्न भन्दै एमालेले यस्तो निर्देशन दिएको दाबी गरेको छ ।
अब एमालेका औपचारिक कार्यक्रमहरुमा संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारी र ओलीबाहेक अरूको फोटो प्रयोग नगर्न भनेको हो ।
एमालेले सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झन्डा दुरूपयोग भइरहेको भन्दै सबै केन्द्रीय सदस्यहरुलाई सचेत रहन निर्देशन दिएको छ ।
प्रतिक्रिया