Logo

विश्व

एक अर्ब डलरसहित सिंगापुरमा १० जना पक्राउ


३२ श्रावण २०८०, बिहिबार  

0
Shares

काठमाडौं । सिंगापुर प्रहरीले झण्डै एक अर्ब अमेरिकी डलरसहित विभिन्न देशका १० जनालाई पक्राउ गरेको छ ।

सिंगापुर प्रहरीले मंगलबारदेखि बिहिबारसम्म १० जनालाई पक्राउ गरेको हो । १० जनामध्ये साइप्रसका एक नागरिकको मात्रै परिचय खुलाइएको र अन्यको गोप्य राखिएको अमेरिकी सञ्चारसंस्था सीएनएनले समाचार लेखेको छ ।

देशभर छापा मारेर प्रहरीले पक्राउ गरेकामाथि छानविन भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ९ : ४२ बजे