Logo

अर्थ

श्रमिकको न्युनतम पारिश्रमिक बढ्यो


३२ श्रावण २०८०, बिहिबार  

0
Shares

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयले राजपत्रमा सूचना प्रकाशस गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ बनाएको हो ।

साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्‍याएको मन्त्रालयले आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्तासहित १७ हजार ३ सय बनाएको हो ।

दैनिक पारिश्रमिक ६६८ रूपैयाँ र प्रति घण्टा ८० रुपैयाँ पुगेको छ भने आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ८ : ३९ बजे