Logo

मुख्य समाचार

फेसबुक ह्याक गरी ठगी गर्ने पाँच पक्राउ


३२ श्रावण २०८०, बिहिबार  

23
Shares

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा साथी भएकाको आइडी ह्याक गरी रकम ठगी गर्ने पाँच जना लाई प्रहरीले पक्राउ गरेको छ  ।

साथीहरूलाई मेसेन्जरबाट म्यासेज गरी ईसेवा, खल्ती जस्ता वालेटबाट पैसा हाल्न लगाइ ठगी गर्नेलाई काठमाडौं महानगरपालिकाको बसपार्कस्थित रेसुङ्गा बुटवल गेष्ट हाउसबाट विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले ३० वटा फेसबुक ह्याक, १२ वटा जीमेल, विभिन्न बहानामा ओटिपि कोड प्रयोग  गरी १४ लाख ५८ हजार रुपियाँको कारोबार देखिएको जनाएको छ। पीडित २२ जनाले प्रहरीमा निवेदन दिएका थिए ।

पक्राउ पर्नेमा स्थायी घर बारा जितपुरका सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन तामाङ र कास्की महानगरपालिकाका सुब्बु भन्ने शुभेच्छा गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ६ : ५० बजे