Logo

मुख्य समाचार

सूर्यविनायकका विद्यालय दुई दिन बन्द रहने



काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले बिहीबार र शुक्रबार दुई दिन सबै विद्यालय बन्द गर्ने भएको छ । आँखा पाक्ने रोगले विद्यार्थीलाई पठनपाठनमा समस्या भएको भन्दै ३ भदौसम्मको लागि विद्यालय बन्द गरेको नगरपालिकाले जनाएको हो ।

हिउँदे बिदाबाट कट्टा हुनेगरी नगरपालिकाको सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको नगरपालिकाले जनाएको छ । यसअघि काठमाडौंको गोकर्णेश्वर नगरपालिका र भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आँखा पाक्ने रोगको कारण सबै विद्यालय बन्द गरिसकेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ६ : ४१ बजे