Logo

Breaking News 1

बालुवाटारमा सत्तारुढ दलको बैठक



काठमाडौं । सत्तारूढ दलहरूबीच सदनको गतिरोध अन्त्यका विषयमा छलफल भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

सोही विषयमा सत्तारुढ दलबीच बुधबार बिहान छलफल भएको हो । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा संसद्को गतिरोध खुलाउने विषयमा कुराकानी भएको छ । बैठकले सदनको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दललगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ११ : ४७ बजे