Logo

मुख्य समाचार

पाकिस्तानी अभिनेताले बिमानमा बम राखेको दाबी गरेपछि…



सिड्नी । मलेसिया एयरलाइन्सको विमानमा यात्रा गर्दा आफ्नो झोलामा बम राखेको झूटो दाबी गर्ने पाकिस्तानी मूलका एक व्यक्तिलाई अष्ट्रेलिया यात्रा महगो परेको छ । गत सोमबार विमानमा बम भएको हल्ला फैलिए पछि त्यहाँ हंगामा मच्चिएको थियो तर उक्त व्यक्तिको दाबी पछि झुटो सावित भएको थियो । यसै क्रममा अष्ट्रेलियाका अधिकारीहरूले पाकिस्तानी मूलका ती व्यक्तिलाई पक्राउ गरेका छन् । अभियुक्तको पहिचान पूर्व पाकिस्तानी मोडल तथा अभिनेता मुहम्मद आरिफको रूपमा भएको थियो। याे घटना पछि सार्बजनिक भएकाे हाे ।

मिडिया रिपोर्टका अनुसार सोमबार ४५ वर्षीय आरिफले सिड्नीबाट क्वालालम्पुरका लागि मलेशिया एयरलाइन्सको उडानमा आफ्नो झोलामा  ‘विस्फोटक’ रहेको दाबी गरेका थिए ।

त्यसपछि उनी पनि विमानको करिडोरमा उभिएर धार्मिक कुरा गर्न थाले । यो घटनाको भिडियो भाइरल भएको छ । जसमा उक्त व्यक्ति विमानको गल्लीमा प्रार्थना गरिरहेको र अल्लाहप्रति वफादारीको बारेमा बारम्बार मानिससँग कुरा गरिरहेको देखिएको छ । अष्ट्रेलियाली प्रहरीले आरोपितले धम्कीपूर्ण बयान दिए पछि र आरिफलाई हिरासतमा लिएर उडान सिड्नी फर्कनुपर्ने बताएको छ ।

मिडिया रिपोर्टका अनुसार आरिफका वकिल मुस्तफा दाउदीले उनका ग्राहकलाई गम्भीर मानसिक समस्या रहेको र घटनाको समयमा उनको मानसिक अवस्था ठीक नभएको बताएका छन् । सन् २००२ मा प्रसिद्ध पाकिस्तानी गायक अबरार उल हकको गीत  ‘प्रीतो’ को म्युजिक भिडियोमा मोहम्मद आरिफ देखा परेको मिडिया रिपोर्टले दाबी गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : १४ बजे