Logo

धर्म / संस्कृति

आजकाे राशिफल !



काठमाडाैं । आज मिति २०८० साउन ३१ गते, बुधवार, १६ अगस्ट २०२३। अधिक श्रावण कृष्णपक्ष औंसी तिथि, १४ः०१ बजेपछि प्रतिपदा। अश्लेषा नक्षत्र, १७ः०७ बजेपछि मघा। चन्द्रराशि कर्कट, १७ः०७ बजेपछि सिंह।

मेष राशि

हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुस्ख पाइनेछ। हल्लाको विश्वास गर्दा धोका पाइनेछ।

बृष राशि

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यावसायमा फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।

मिथुन राशि

आफ्नै वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन्। बोलीको गलत अर्थ लाग्न सक्छ। सञ्चित रकम खर्च हुनेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

कर्कट राशि

सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। आफन्तसँग भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तर सहयोगीहरूको भरपर्दा पछि परिएला।

सिंह राशि

आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ।

कन्या राशि

सञ्चित धनको उपयोग गर्नुपर्ने हुन सक्छ। तत्काल सोचेको लाभ भने नउठ्न सक्छ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। व्यापारमा लगानीको जोहो गर्नुपर्ने समय छ।

तुला राशि

प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाट उपलब्धिमूलक रहनेछ।

बृश्चिक राशि

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।

धनु राशि

स्वास्थ्य कमजोर रहनेछ भने काममा सोचेको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ।

मकर राशि

विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। किनमेलमा अधिक खर्च हुनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्।

कुम्भ राशि

प्रतिस्पर्धा गर्नुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्। रोकिएको काम सम्पादन हुनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु हुनेछ।

मीन राशि

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा जुट्न नसकिएला।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ५ : १७ बजे