Logo

Breaking News 1

जनमतकी अनिता देवीले लिइन् मन्त्रीकाे शपथ (फोटोफिचर)



काठमाडौं । नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको पद तथा गोपनीयता शपथ लिएकी हुन् ।

माओवादी केन्द्रका अमनलाल मोदीलाई फिर्ता बोलाएर माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीकी सांसद साहलाई सो मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ११ : ०७ बजे