काठमाडौं । जनमत पार्टी फेरी सरकारमा सहभागी हुने भएको छ । जनमत पार्टीका नेताहरुका अनुसार पार्टीका तर्फबाट अनितादेवी साह आइतबार सरकारमा सहभागी हुने भएकी हुन् ।
गत पुसमा सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो । जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए ।
जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल पुर्नगठनको तयारी शुरु गरेका छन् । माओवादी नेताहरुका अनुसार माओवादी केन्द्रकै एकजना मन्त्री फिर्ता गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउने तयारी छ ।
प्रतिक्रिया