Logo

मुख्य समाचार

डेंगु संक्रमणबाट पाल्पामा ११ महिनाकी बालिकाको मृत्यु


२६ श्रावण २०८०, शुक्रबार  

0
Shares

तानसेन । पाल्पामा डेंगु संक्रमणबाट एक बालिकाको ज्यान गएको छ। युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचारको क्रममा ११ महिनाकी बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वालिङ नगरपालिका-११,स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका रहेकी छन् । डेंगु पोजेटिभ बालिकाको उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत दोर्ण भुसालले जानकारी दिए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ७ : ४२ बजे