Logo

मुख्य समाचार

सुन तस्करीकाे आरोपित दुई चिनियाँ विमानस्थलबाट पक्राउ


२६ श्रावण २०८०, शुक्रबार  

92
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा सर्बाधिक खोजिएका दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजीएका ती २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान पक्राउ गरेको हो ।

सीआईबी स्रोतका अनुुसार आज बिहान चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याईएको छ ।

हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा पक्राउ परेका उनीहरु हालै बरामद भएको ‘ब्रेक शु’मार्फत भएको सुन तस्करीमा संलग्नता रहेको खुल्न आएको जनाईएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : ०५ बजे