कञ्चनपुर । कञ्चनपुरमा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–३ सुन्दर टोलमा नहरको छेउमा सोहि पालिकाको–६ बनगाँउका २७ वर्षीय लोकेन्द्र पार्की बिहीवार बिहान मृत अबस्थामा फेला परेका हुन् ।
यस्तै, बेदकोट नगरपालिका–८ भाँसीका ५२ वर्षीय कालुसिंह सेट्टी दुई दिनदेखि बेपत्ता रहेका थिए । सेट्टीलाई आज बिहान सोहि पालिकाको–७ बसन्तपुर स्थित काङला खोलाको किनारमा मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया