Logo

धर्म / संस्कृति

तपाईंले आजको राशिफल हेर्नुभयाे ?



आजको राशिफलः
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । आजको दिन सोचअनुसारको काम हुनेछ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुने योग रहेको छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
सामाजिक काममा समय खर्च हुने योग रहेको छ । परिवार तथा सन्तानबाट साथ पाउनाले तपाईको कामको योजना सफल भएर जानेछ । आज कुनै देवालयको दर्शन गर्नाले तपाईलाई लाभ मिल्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
धैर्यताले लाभ दिनेछ भने सुखानुभूतिको महसुस पनि हुनेछ । मनोबल उच्च रहनाले जीवन सुखमय रहनेछ । बोलीको प्रभावले कामहरु पनि बन्नेछन् । आज यात्राको योग पनि रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
धार्मिक क्रियाकलापमा मन जानेछ । कुनै पनि नयाँ काममा सफलता मिल्नेछ भने भाग्यले तपाईलाई साथ पनि दिनेछ । आज तपाईको पुरानो बिग्रीएको कामहरु बन्नेछन् ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
समय भाग्यवर्दक र समय अनुकूल देखिएको छ । बिपरीत लिङ्गिको सहयोगले अपूरा कामहरु पुरा हुनेछन् । साथीभाईको सहयोगबाट नयाँ कामहरु पनि बन्नेछन् ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
पराक्रमको गति बढ्नाले आज तपाईका कामहरु बढेर जानेछन् । जीवनमा नयाँ किसिमको मोड आउनेछ भने राजनितिक क्षेत्रमा सफलता मिल्नेछ भने स्वास्थ्य पनि सबल रहने छ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईको बौद्विक क्षेत्र वृद्वि हुने दिन रहेको छ । आटँ, साहस र धैर्यताले कामहरु बनेर जानेछन् । माया प्रेममा पनि सफलता मिल्नेछ भने स्वास्थ्यमा समस्या आउन सक्छ, ख्याल गर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
बोलीको प्रभावले कामहरु बनेर जानेछन् । व्यवसायिक क्षेत्रमा सफलता मिल्नुका साथै कुनै नया व्यपार, व्यवसायको थालनी गर्न पनि शुभ समय रहेको छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
तपाईलाई सन्तानबाट सुख प्राप्ती हुने योग रहेको छ । मनमा उत्साह र उमङ्गले कब्जा गर्नेछ । मिष्ठान्न भोजनका साथै आज छोटो यात्राको योग पनि रहेको छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
पूराना कुराहरु सम्झनाले जोस, जागँर हराउने योग देखिए पनि हिम्मत लिएर काम गर्नाले तपाईको कामहरु बनेर जानेछन् । बिपरीत लिङ्गिबाट सहयोग प्राप्त गर्नाले आज तपाईको कामहरु बनेर जानेछन् ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
वैदेशिक क्षेत्रबाट आज तपाईलाई लाभ मिल्नेछ । मनमा उत्साह र उमङ्गले कब्जा गर्नेछ । आज तपाईलाई कृषी वा पशु चौपायहरुबाट पनि फइदा मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
अध्यात्मिक कार्यमा समय खर्च हुनेछ । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । रचनात्मक काममा समय खर्चनु भएमा तपाईको कार्यसिद्ध हुनेछ । परिवारमा खुसियाली छाउने छ । मानसम्मान मिल्नेछ । आजको दिन सामाजिक काममा समय खर्च गर्नुहोला ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ४ : ५१ बजे