Logo

Breaking News 1

एमालेले गृहमन्त्रीलाई बोल्न दिने, माग पूरा नगरे फेरि अवरोध गर्ने


२३ श्रावण २०८०, मंगलबार  

69
Shares

काठमाडौँ । संसद्को गतिरोध अन्त्य गर्न  प्रधानमन्त्री र सभामुखसहित बसेको बैठक बिना सहमति सकिएको छ ।  सो बैठकमा एमालेको मागप्रति सरकारले सहमति नजानाएपछि एमालेले आज दिउँसो ३ बजे बोलाइएको बैठक सुरुमा चल्न दिने, गृहमन्त्रीलाई पनि बोल्न दिने तर माग पूरा नगरेमा पुनः अवरोध गर्ने जनाएको छ ।

गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भित्रिएको तस्करीको करिब एक क्विन्टल  सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै गत साउन १० गतेदेखि एमालेले संसदमा गतिरोध सिर्जना गर्दै आएको छ । सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच सहमति जुट्न नसक्दा सोमबार २ पटक समय निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  २ : ४१ बजे