Logo

Breaking News 1

खनालले औंल्याए एकीकृत समाजवादीका ११ समस्या



काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी)को जारी स्थायी कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टीको ११ वटा समस्या औंल्याएका छन्।

खनालले पार्टीको विद्यमान स्थिति केन्द्रमा निकै ठूलो ढाँचाको र तल सुकेको टिप्पणी गरेका छन्।

नेता खनालले पार्टीमा १६ पन्ने दृष्टिकोण प्रस्तुत गर्दै पार्टी केन्द्रमा फुकेको र तल सुकेको बताएका हुन्। त्यतिमात्र होइन उनले पदाधिकारी तहमा रावणको टाउकाजस्तो र तल झीनो हुँदै गएको टिप्पणी गरेका छन्।

विद्रोह गरेको बेला युवा र विद्यार्थीहरूमा उत्साह, जाँगर र अठोट देखिएको आज यी क्षेत्रमा त्यस्तो कुनै पनि नरहेको उनको विश्लेषण छ।

तीनवटा सीटमा उपचुनाव हुँदा पार्टीले आफ्ना उमेदवारसम्म उठाउन नसकेको प्रति खनालले गुनासो गरेका छन्। ‘हाम्रो पार्टी निरीह देखियो। यतिवेला पार्टी संगठनात्मक ढाँचा कमसेकम जिल्ला तहसम्म देखिन्छ, कतिपय ठाउँमा तल सम्म पनि छ। जन वर्गीय संगठनको ढाँचा विकास गरेको छ। युवा विद्यार्थी संगठन पनि छन तर निष्क्रिय र दिशाहीन छन्। आम कार्यकर्ताहरूमा निरासा, हतासा, पदलोलुपता र पलायनका प्रवृत्तिहरु विकास भइइरहेका छन,’समस्या औंल्याउँदै भनेका छन्।

पार्टी यतिबेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झीनो भएर उभिन पनि गाह्रो पर्ने अवस्थामा भएको महसुस भएको बताएका छन्। त्रिपाइ जस्तो माथि फुकेको तल सुकेको पार्टी संगठन भएको उनले बताएका छन्।

किन यस्तो भइरहेको छ? हामी भित्र कहाँ कमजोरी छ? यसलाई बुझेर सम्पूर्ण कमीकमजोरीहरूलाई हटाउनुपर्ने बताएका छन्।

 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  २ : २४ बजे