Logo

मुख्य समाचार

परराष्ट्रमन्त्रीले गरे उत्तराखण्ड पहिराेमा परि बेपत्ताको खोजी र उद्धारका लागि आग्रह



काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी बेपत्ता नेपालीको खोजी र उद्धारका लागि भारतीय पक्षसँग आग्रह गरेका छन् ।

उनले शनिबार उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुस्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयागस्थित गौरीकुण्डमा खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोजी र उद्धारका लागि आग्रह गरेका हुन् ।

सो पहिरोमा परी १९ जना बेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार बेपत्तामध्ये अधिकांश नेपाली छन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ३ : १५ बजे