काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार विभिन्न जिल्लाका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ । आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, सप्तरी, सिराहा, धनुषा, सर्लाही, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ भएर बहने नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको विभागले जनाएकाे हाे ।
त्यस्तै गोरखा, लमजुङ, कास्की, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर अछाम, डोटी, डडेलधुरा, बाजुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भएर बहने केही नदीमा बहाव बढ्नसक्ने महाशाखाले जनाएको छ ।
आज र भोलि देशका प्रमुख नदीको जलसतह केही बढ्ने तर सतर्कता तहभन्दा तलै रहनेछ । सोमबारबाट जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया