काठमाडौं । सरकारले भारतको उत्तराखण्डमा गएको पहिरोमा परी वेपत्ता भएका नेपालीहरुको खोजी र उद्धारको पहल शुरु गरेको छ ।
गृह मन्त्रालयले पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा ४ जनाको शव भेटिएको छ । अझै १५ जना बेपत्ता रहेकामा १३ जना नेपाली नागरिक, तीन जना स्थानीय र बाँकी भारतको अन्य राज्यका मानिस रहेको भारतीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।
प्रतिक्रिया