Logo

Breaking News 1

सुन तस्करी संगठित र अन्तरदेशीय भएकाले सीआइबीलाई जिम्मा दिएको प्रधानमन्त्री दाहालको भनाई


१९ श्रावण २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करी प्रकरण संगठित र अन्तरदेशीय अपराधजस्तो देखिएकाले अनुसन्धानको जिम्मेवारी सिआईबीलाई दिएको बताएका छन् ।

शुक्रबार प्रज्ञा भवन कमलादीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दैै प्रधानमन्त्री दाहालले भने, ‘सुन तस्करी प्रकरण संगठित र अन्तरदेशीय अपराधजस्तो देखिएकाले सम्पूर्ण अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिइएको छ । यो अहिलेसम्मको उच्चस्तरीय छानबिन हो ।’

प्रधानमन्त्री दाहालले सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिनु उच्चस्तरीय छानबिन भएको बताए । उनले अब राजस्व अनुसन्धान विभागले अहिलेसम्मको सम्पूर्ण अनुसन्धान सीआईबीलाई उपलब्ध गराएर दुवै निकायले मिलेर अनुसन्धान गर्ने समेत बताए ।

प्रधानमन्त्री दाहालले सुन तस्करी प्रकरण र छानबिनमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप नहुने पनि बताए । अनुसन्धानको प्रक्रियामा जोसुकै आए पनि अगाडी बढ्न निर्देशन दिएको भन्दै आफ्नै नाम आएपनि अनुसन्धान अघि बढाइने उनले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ११ : ०२ बजे