काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको गौरीकुण्डमा पहिरोमा परेर १७ जना नेपाली बेपत्ता भएका छन् ।
पहिरोमा परेर बेपत्ता हुनेमा हुम्लाका १० जना र जुम्लाका ७ जना रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हुम्लाका वीरबहादुर नाम गरेका व्यक्तिले गौरीकुण्डमा होटेल सञ्चालन गर्दै आएका थिए । उनको होटेलमा खाना खान गएका बेला पहिरोले होटेल बगाएको बताइएको छ ।
बेपत्ता भएका सबैको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । उत्तराखण्डमा भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको बताइएको छ ।
प्रतिक्रिया