Logo

मुख्य समाचार

बझाङका जिल्ला संयोजक खड्काको निलम्बन फुकुवा गर्ने रास्वपाको निर्णय


१८ श्रावण २०८०, बिहिबार  

0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठकले पार्टी सदस्य दामोदर खत्रीलाई तीन महिना निलम्बन गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । सैनामैना नगर र्‍यापिड एक्सन टिमका संयोजक रहेका खत्रीले गत असार ३१ गते आफ्नो समूहमाथि कुटपिट भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।

रूपन्देही–२ निर्वाचन क्षेत्रीय कमिटी सदस्य विक्रम तिवारीको समूहले कुटपिट गरेको बताएपनि उक्त घटनामा खत्री नै दोषी देखिएको भन्दै रास्वपाले कारबाहीस्वरूप तीन महिना निलम्बन गर्ने निर्णय गरेको हो ।

बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काको निलम्बन भने फुकुवा गरिएको छ । उनीमाथि बझाङकै एक पत्रकारलाई कुटपिट गरेको आरोप लागेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ८ : ५० बजे