Logo

मुख्य समाचार

पूर्पक्षका लागि थुनामा पठाउने आदेशलगत्तै रुङ्गटा बेहोस


१८ श्रावण २०८०, बिहिबार  

0
Shares

काठमाडौं । व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीपकुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले उक्त आदेश गरेको हो । अदालतको आदेशलगत्तै रुङ्गटा अदालत परिसरमै बेहोस भएका थिए । बेहोस भएका उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाको तीन महिनापछि रुङ्गटा चितवन जिल्ला अदालतमा आफैँ हाजिर भएका थिए ।

व्यवसायी कँडेलले वैशाख १९ गते अनमोल फिल्डको कार्यालय वेलचोकमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको मृत्युपछि परिवारले रुङ्गटा र जीवन रावल विरुद्ध किटानी जाहेरी दिएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ८ : २६ बजे