Logo

मुख्य समाचार

सामाखुशीबाट बेपत्ता बालकको शव ११ दिनपछि बागमतीमा भेटियो


१८ श्रावण २०८०, बिहिबार  

0
Shares

काठमाडौं । काठमाडौँस्थित सामाखुसीबाट खोलाले बगाएर बेपत्ता भएका बालकको शव ११ दिन पछि फेला परेको छ ।

१३ वर्षीय साजन मगरको शव दक्षिणकाली नगरपालिका वडा नम्बर ७ को बागमती किनारमा फेला परेको हो ।

साउन ७ गते सामाखुसीमा खोलाले बगाउँदा भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत साजन बेपत्ता भएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ८ : १९ बजे