Logo

मुख्य समाचार

फ्रान्सले नाइजेरियावाट आफ्नो नागरिक निकाल्ने, इटालीले पनि गर्यो घोषणा



पेरिस । नाइजेरियामा भएको सैनिक विद्रोहलाई विद्रोही सैनिकद्वारा शासित पश्चिम अफ्रिकी तीन देशले समर्थन गरेपछि फ्रान्सले मंगलबार ठूलो कदम चालेको छ ।

फ्रान्सेली विदेश मन्त्रालयले मंगलबार घोषणा गरेको छ कि त्यस्ता देशवाट आफ्ना नागरिक र युरोपेली देशका मानिसहरूलाई बाहिर निकाल्ने तयारी गरिरहेको छ। परराष्ट्र मन्त्रालयले आजबाट यो निकासी सुरु हुने जनाएको छ ।

फ्रान्सेली मन्त्रालयले एक विज्ञप्तिमा भने कि नाइजरका प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमको विरुद्ध गत हप्ताको विद्रोहको गहिरो संकटको बीचमा फ्रान्सेली र अन्य युरोपेलीहरूलाई त्यहाँवाट बाहिर निकाल्ने अभियान सुरु गरिएको छ ।

फ्रान्सेली विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा ‘नियामीको अवस्थालाई ध्यानमा राख्दै हिजो हाम्रो दूतावासमाथि भएको हिंसा र हवाई क्षेत्र बन्द हुँदा हाम्रा देशबासीहरूलाई देश छोड्ने कुनै सम्भावना रहेको छैन । फ्रान्सेली विदेश मन्त्रालयका अनुसार नाइजरमा विद्रोहका समर्थकहरूले फ्रान्सेली झण्डा जलाएपछि र नाइजरको राजधानी नियामीमा आइतवार फ्रान्सेली दूतावासमा आक्रमण गरेपछि आएका थिए ।

साथै, कम्तिमा फ्रान्स र इटालीसहित चार युरोपेली देशहरूले यस्तै घोषणा गरेका छन्। यी देशहरूले नाइजरमा रहेका आफ्ना नागरिकहरूलाई बाहिर निकाल्ने योजना भइरहेको बताएका छन् ।

सो घटना पछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भने कि नाइजरमा फ्रान्सेली हितहरूमा कुनै पनि आक्रमणलाई द्रुत र असहज जवाफ दिइने छ। नाइजेरिया १९६० सम्म फ्रान्सको औपनेविस थियो, जो पछि स्वतन्त्रता मिलेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ९ : ०९ बजे